सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वानंद गो विज्ञान सम्बन्धी पाँच दिवशिय आवासीय तालिम शनिबारदेखि शुरु

छबिराम पराजुली

काठमाडौ । स्वानंद गो विज्ञान अनुसन्धान केन्द्र नागपुर तथा महाकाली गौसेवा अनुसन्धान केन्द्र महेन्द्रनगरको संयुक्त आयोजनामा काठमाडौको बुढानिलकण्ठमा स्वानंद गो विज्ञान सम्बन्धी पाँच दिवशिय आवासीय तालिम शनिबारदेखि शुरु भएको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नुहुँदै स्वानंद गौ विज्ञान नागपुर भारतका स्वानंद गुरुजी आचार्य जितेन्द्र भकनेले गाईलाई बचाउन सके मात्र धर्ति बाँच्दछ, धर्ति बाँचे मात्र जिवजन्तु बाँच्दछ र जिवजन्तु बाँचेको खण्डमा मात्र मानव जीवन बचाउन सकिने धारणा ब्यक्त गर्नुभयो ।

स्थानीय प्रजातिको गाईको संरक्षण र पालन गर्नु नै मानव जीवनको कल्याण कार्य हो । गाईबाट प्राप्त दुध, गोबर र गौमुत्रबाट दर्जनौं औषधीयजन्य सामाग्रीको उत्पादन गर्न सकिन्छ । जसले मानवलाई आवश्यक पर्ने सयौं प्रकृतिका अमृतमय बस्तुहरु पाइन्छन् जसले गर्दा गाई संरक्षण महत्वपूर्ण छ, उहाँले भन्नुभयो ।

बुढानिलकण्ठको गोरखनाथ आश्रममा शनिबार देखि शुरु भएको आबासीय तालिम कार्यक्रम आगामी २३ गतेसम्म सञ्चालन हुनेछ । तालिममा गाई माता हाम्रो अर्थतन्त्र, स्वास्थ्य, धर्म र संस्कृतिको आधार हो । राष्ट्रलाई आत्मनिर्भर बनाउन गाइमा आधारित रोजगारी अवलम्बन गर्न जरुरी छ ।

स्थानीय गाईको पञ्चगब्य (दुध, दही, घिउ, गाईको गोवर र गाईको मुत्र) बाट समाजको समृद्धि सम्भव छ भन्ने अभियान अन्तर्गत उक्त तालिम सञ्चालनमा ल्याइएको आयोजक संस्थाका प्रमुख पंकज भट्टले जानकारी दिनुभयो ।

तालिममा नेपालका विभिन्न ठाउँबाट आएका गौ संरक्षणमा सक्रिय १५ जना युवा तथा महिलाहरुको सहभागिता रहेको छ । सहभागिले तालिमपछि गाईको गोवर र गौमुत्रबाट ६६ किसिमका सामाग्रीहरु तयार गर्ने र वातावरणमैत्री ब्यवसाय समेत सञ्चालन गरी आयआर्जन समेत गर्न सकिने कुरा बताईन्छ ।

गौमाताबाट प्राप्त हुने हरेक वस्तु अमृत समान छन् । जुन कुरा हाम्रो धर्मशास्त्रमा समेत उल्लेख गरेको पाइन्छ भने पछिल्लो समय विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ ।

गौमाताको शरिरमा १२ आदित्य, ८ बसु, ११ रुद्र, २ अस्बिन कुमार गरी ३३ कोटी देवताको बास हुने हुँदा गौमाताको सेवा नै ३३ कोटी देवताको पुजा हो भन्ने धार्मिक मान्यता समेत रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »