सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोलखामा वृद्धको हत्या गरी फरार भएको आरोपी काठमाडौंबाट पक्राउ

काठमाडौं । दोलखामा एक जना वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीस्थित आफ्नै घर नजिकैको मसैबारीमा एक वृद्ध मृत फेला परेको घटनामा आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

७७ वर्षीय झिलकबहादुर विश्वकर्मा आइतबार बिहान पौने ५ बजे मृत फेला परेका थिए। उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

झिलकबहादुरको हत्या आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँबाट ५० वर्षीय गणेश घिमिरेलाई पक्राउ गरेको हो।

उनी भिमेश्वर नगरपालिका वडा नम्बर १ का स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालय चरिकोटले उनी फरार रहेको भन्दै प्रहरी वृत्त मालिगाउँलाई पत्र पठाएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »