सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।
बुढानीलकण्ठ ७ कपनमा रहेको बि।एम।जे।रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस ले आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप दोश्रो बि.एम.जे.समर लिग गर्ने भएको छ ।

कार्यक्रम यहि जेठ २४ गते बिहिवा कपन स्पोर्टस् को फुटसल मैदानमा हुने प्रतियोगितामा भद्रकाली,दक्षिणकाली,मनकामना र पाथिभारा गरि चार टिमले भागलिने आयोजक संस्थाले जानकारी गराएको छ ।
पहिलो खेल बिहान ६ बजे टिम मनकामना र टिम भद्रकाली बिच हुने छ भने दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच हुने छ ।
कार्यक्रमलाई भब्य र सभ्य बनाउन यतिबेला आयोजक टिमका सबै सदस्यहरु अहोरात्र खटिरहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् ।
यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »