सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । काभ्रे तेमाल गाउँपालिक-२ काफलबोट बस्ने ५८ वर्षीया साईली तामाङलाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय मानध्वज तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मानध्वजले मादक पदार्थ सेवन गरी साईलीलाई फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचवारघाट र इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »