सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालय शिक्षा विधेयक अघि बढाइदिन मन्त्रीले लेखिन संसदीय समितिलाई पत्र

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अघि बढाइ दिन समितिलाई पत्र लेखेकी छिन्।हाल उक्त विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ।

शिक्षा मन्त्री श्रेष्ठले बिहीबार समितिलाई पत्र लेखेर विधेयक अघि बढाइदिन आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।
विधेयक गत भदौ २७ मा प्रतिनिधि सभामा दर्ता भएको थियो।

‘प्रस्तुत विधेयक विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको र यो विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेकोले यस मन्त्रालयबाट दर्ता भई तहाँ समितिमा छलफलको क्रममा रहेका विधेयकहरुमध्ये विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाइ दिनुहुन विनम्र अनुरोध गर्छु,’ समितिमा पठाइएको पत्रमा भनिएको छ।

विद्यालय शिक्षा विधेयक संविधान कार्यान्वयनसँग पनि जोडिएको छ। गत भदौमा विधेयक अघि बढाइएपछि राष्ट्रिय शिक्षक महासंघले आन्दोलन गरेको थियो। उनीहरूले सामुदायिक विद्यालयलाई स्थानीय तह मातहत राख्न नहुने माग राख्दै आन्दोलन गरेका थिए। त्यस्तै विधेयकमा संस्थागत विद्यालयहरूको पनि आपत्ति छ।

भर्खरै

सम्बन्धित खबर

Language »