सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेका अतित लामा मिस्टर तामाङ २०२४ को उपाधि चुम्न सफल

काठमाडौं । मम्स ईन्टरनेशनल नेपालको आयोजनामा “तामाङ कला र प्रतिभाको सम्मान” भन्ने नाराका साथ प्रथम मिस्टर तामाङ २०२४ को उत्कृष्ट प्रतियोगि घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उत्कृष्ट प्रतियोगि घोषणा कार्यक्रम बाट प्रथम मिस्टर तामाङ २०२४ को उत्कृष्ट प्रतियोगिको रुपमा काभ्रेको अतित लामा लाई घोषणा गरिएको थियो ।
काठमाडौ स्थित सँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) जमलमा विविध सांस्कृतिक कार्यक्रमका साथ प्रथम मिस्टर तामाङ २०२४को उत्कृष्ट प्रतियोगि घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
दर्शकको भोटिङ संगै निर्णायक मण्डलले दिएको अंकको आधारमा प्रतियोगीहरु मध्यबाट उत्कृष्ट छनौट गरि पहिलो, दोस्रो र तेस्रो विजेता घोषणा गरिएको हो । प्रतियोगितामा द्धितिय अनिल लामा र तृतीय विश्वराज स्याङ्बा घोषित भएका थिए ।
प्रतिस्पर्धा गरेका प्रतियोगीगहरुमा झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका थिए भने नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेका थिए । त्यस्तै दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङले सम्पन्न उत्कृष्ट प्रतियोगि मा प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमको जुरी मेम्बर्सको रुपमा केडी मोक्तान, अमिर दोङ, अरुणा श्रेष्ठ र चाँदनी मोक्तान रहेका थिए ।
कार्यक्रममा जुरी मेम्बर्सबाट प्रश्न गरी प्रश्नको उत्तर प्रितियोगीहरुलाई लिखित र मौखिक रुपमा दिन लगाईएको थियो ।
प्रतियोगीहरुलाई जुरी मेम्बर्सबाट तामाङ हुनुमा के कुराले गर्व लाग्छ ?, नेपालको बर्तमान शिक्षा प्रणालिको मुख्य समस्या के हो ?, नगद पैसाले तपाई खुशी किन्न सक्नुहुन्छ कि हु्न्न ? जस्ता केही प्रश्नहरु गरेका थिए ।
प्रतियोगिहरुलाई झण्डै ४५ दिन जति हरेक खालका बिषयमा प्रशिक्षण गराएको भएतापनि जुरी मेम्बर्सहरुले गरेका प्रश्नको जवाफ मौखिक रुपमा प्रतियोगीहरुले दिईरहंदा अकमकिएको भन्दै दर्शकहरु निरास बनेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »