सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार तीन सय ८० मत प्राप्त गरी उनी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी चन्द्र बहादुर लामाले दुई सय ९९ मत प्राप्त गरेका छन् । ८१ मतले पछि पार्दै भुर्तेल अध्यक्षमा बिजयी भएका हुन् ।

उपाध्यक्षमा देबसागर लामा, सचिबमा राजकुमार सापकोटा निर्वाचित भएका छन । सापकोटाले ४ सय ४४ मत ल्याए । उप सचिबमा रत्नकुश रन्जितकार र सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।

नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनमा  छ सय ८६ मतदातामध्ये छ सय ७९ जनाले मतदान गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »