काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ ।
बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको हो ।