सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय दलितमुक्ति अभियानको संगठन बिस्तार टोल टोलमा समिति गठन

काठमाडौं । दलित अधिकारको लागि संघर्षरत राष्ट्रिय दलितमुक्ति अभियानले सामाजिक रुपमा भईरहेको दलित समुदाय माथिको अत्याचार र हिंसालाई अन्त्य गर्न टोल टोलमा संगठन बिस्तार तथा संघर्ष समितिहरु गठन अभियान चलाउन थालेको छ ।
पुष्कर जैगडी बि.क.को सभापतित्व तथा राष्ट्रिय दलितमुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको विशिष्ठ अतिथिमा बिष्णु प्रसाद भाट र प्रकाश नेपाली रहनु भएको थियो भने अतिथिमा अभियानको केन्द्रिय सदस्य सुमन सिलाधर,पदम नेपाली,दया कुमार बि.क. लगायत.रहनु भएको थियो ।
राष्ट्रिय दलितमुक्ति अभियानले पुष्कर जैगडीको संयोजकत्वमा,छत्र बि.क.,साबित्री रसाईली,तुलाराम बिश्वकर्मा र गोमा देवी बि.क सदस्यमा रहने गरि वडा कमिटी निर्माण गरेको हो ।
राष्ट्रिय दलित मुक्ति अभियानकी केन्द्रिय सदस्य सुमन सिलाधरले मनतब्य राख्दै सदियौं देखि दलित भन्दै अपहेलना गरेर सामाजिक रुपमा तल्लो दर्जामा राख्ने कथित उपल्लो समुदायलाई नाकमा नथ्थि लगाएर आफ्नो गल्ति सुधार्न नलगाए सम्म यो समुदायको अवस्था नसुध्रने देखिएकोले आधारभुत तह बाटै कडा रुपमा आन्दोलन गर्न तयार रहनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.ले आफ्नो अधिकार प्राप्तिको लागि दलित समुदाय एकजुट हुनुको विकल्प नभएको भन्दै पार्टीको कार्यकर्ता भन्दा माथि उठेर आफ्नो समुदायको उत्थानको लागि कार्यगर्न सबैलाई आग्रंह गर्नु भयो ।
अरुको झोला बोकेर मात्र आफ्नो वर्ग र समुदायको उत्थान हुन नसक्ने भन्दै केन्द्रिय संयोजक बि.सी.ले सामाजिक रुपमा जनचेतना अभिवृद्धि गरि राज्यको हरेक क्षेत्रमा दलितलाई बिशेष अधिकार दिलाउने उदेश्य बोकेर राष्ट्रिय दलित मुक्ति अभियान गठन भएको बताउनु भयो ।
यो अभियानले राष्ट्रब्यापि रुपमा आफुुलाई परिचित गराएर वास्तबमा दलित समुदायको आफ्नो अभिवावक संस्था बन्नेमा आफु निश्चिन्त रहेको बि।सी।ले बताउनु भयो ।
विश्व सामाजिक परिवेश आधुनिक युगमा प्रवेश गरिसक्दा पनि नेपालमा भने जातिय विभेदता र छुवाछुत प्रथा कायमै रहेकोमा दलित उत्थानमा लागेका अभियन्ताहरुको चासो र चिन्ता बढेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »