सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकदिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न

काठमाडौं । शंखरापुर नगरपालिका र समृद्ध आधार नेपालको आयोजनामा एकदिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ ।

समृद्ध आधार नेपालकी अध्यक्ष दिक्षा बानियाँको सभापतित्व र शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा बरिष्ठ स्त्री रोग विशेषज्ञहरुद्धारा वडा नं ४ र ८ का २०० भन्दा बढी महिलाहरुको प्रजनन् स्वास्थ्य जाँच तथा औषधी वितरण गरियो ।

शिविरले महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरूको समाधान गर्न र सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी प्राप्त गर्दा स्थानीय महिलाहरु निकै नै हर्षित मुद्रामा देखिन्थे ।

वरिष्ठ स्त्री रोग विशेषज्ञद्धारा घर दैलो मै सेवा प्राप्त उपलब्ध गराएकोमा महिलाहरुले समृद्ध समाज नेपाल शंखरापुर नगरापालिका लाई धन्यवाद समेत व्यक्त गरे । महिला सशक्तिकरणको लागि निरन्तर रुपमा कार्य गर्दे आईरहेको यस संस्थाले प्रजनन् स्वास्थ्यको लागि विगत देखिनै कार्य गर्दै आइरहेको छ ।

स्वस्थ शरीर नै महिलाहरूको सशक्तिकरणको पहिलो र महत्वपूर्ण आधार भएकोले यस प्रकारका स्वास्थ्य शिविरहरूले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउन ठूलो भूमिका रहने कुरा शिविरमा समृद्ध आधार नेपालकी अध्यक्ष दीक्षा बानियाले बताउन् । उपप्रमुख समिता श्रेष्ठज्यूले नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।

त्यसै गरी संस्थाकी कोषाध्यक्षले महिला स्वास्थ्यको लागि सम्बद्ध निकायहरुसँगको सहकार्यमा कार्य गर्दै जाने समेत उल्लेख गरिन् समाजसेवी ओम कार्की, शंकरापुर वडा नम्बर ४ का अध्यक्ष सोनाम तामाङ, वडा नम्बर ८ का अध्यक्ष पोति थिङ, माइती नेपालका कार्यक्रम प्रबन्ध रामशरण पौडेलज्यू लगायतको आतिथ्यमा सम्पन्न भएको यो शिविर निकै सफल रह्यो ।

यस कार्यक्रमको अन्तमा शिविरलाई सफल बनाउन सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई संस्थाकी अध्यक्ष दिक्षा बानियाँले प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियोे ।

भर्खरै

सम्बन्धित खबर

Language »