सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील जोन निर्माण गर्न एक करोड बजेट बिनियोजन

काठमाडौं । २०५० साल आसपास बाट संगठित संस्थाको रुपमा अगाडी बढेको ग्रील ब्यवसायीहरुको संगठनले उठाएको माग सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट ग्रील जोन निर्माणका लागि एक करोड बजेट बिनियोजन भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले नेपालको संघिय संरचना अनुसार आफ्नो संगठनको मोडालिटी चेन्ज गर्ने अभियान अन्तर्गत पहिलो नम्बरमा प्रदेश भेला गरेर प्रदेश समिति गठन गर्न सफल लुम्बिनी प्रद्रेश अन्तरगत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकामा ग्रील जोन निर्माण गर्न रु. एक करोड बजेट बिनियोजन भएको हो ।
सानो लगानीमा ,एउटा शटर भाडामा लिएर ग्रील तथा स्टील र फलाम जन्य कार्य गर्ने साना ब्यवसायीहरुलाई ब्यवस्थापन गर्न उपयुक्त पहल कदमी स्वरुप हरेक गाउँपालिका वा नगरपालिकामा एक ग्रील ग्रामको माग गर्दै आएको ग्रील तथा स्टील ब्यवसायीहरुको संगठनले ३० बर्षको ईतिहासमा खाता खोल्न सफल भएकोेमा आफु निकै हर्सित भएको महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्माले बताउनु भयो ।
यो भन्दा अगाडीका महासंघको नेतृत्वले संगठनलाई गुमराहमा राखेर आफु मात्रै सिढी चढ्ने हर्कत गरेका रहेछन् भन्नेकुरा पछिल्लो समयमा भएका प्रयास र सफलताका कुराहरुले छर्लङग पारिदिएको बर्माको आरोप पनि छ ।
रुपन्देही बाट प्रत्यक्ष निर्वाचित साम्सद बिष्णु प्रसाद पौडेलको पहलमा यो बजेट ब्यवस्थापन भएको भए पनि यसको संयोजन गर्ने कुरामा प्रदेश अध्यक्ष अशोक बर्माले महत्वपुर्ण भुमिका निभाएको प्रदेश कमिटी सदस्य तथा पदाधिकारी हरुले बताउनु भएको छ ।
महासंघको कृयाशिल उपाध्यक्षको रुपमा रहेका बर्मालाई भावी अध्यक्षको रुपमा हेर्न चाहेको भनेर केहि समर्थक हरुले सामाजिक संजालमै लेख्न थालेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »