सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय नागरिक सुन जस्तो देखिने पहेंलो धातुसहित पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको करिब ८९ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »