सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय मुक्ति क्रान्तिको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिले तत्कालिन दुई तिहाइको कम्युनिष्ट सरकारले राज्यविहिन राष्ट्रका जनताहरूमाथिको उपनिवेश विस्तारको क्रममा नेवाः राष्ट्रको स्वशासन सत्ता गुठीलाई समाप्त गर्ने उद्देश्य सहित गुठी विधेयक २०७५ ल्याउने काम गरेको र उक्त विधेयकको विरोधमा वि.सं.२०७६ असार ४ गते नेवाः राष्ट्रका जनताहरूले फिब्व ख्यःमा भेला भइ सरकारलाई विधेयक फिर्ता गर्न बाध्ये पार्ने काम भएको ऐतिहासिक दिनको स्मरण गर्दै नेवाः राष्ट्रका जनताहरूलाई विधेयक हाल पर्यन्त खारेज नभएकोमा ध्यानाकर्षण गराएको छ ।
उक्त संगठनले जारि गरेको ध्यानाकर्षण पत्र जस्ताको तेस्तै
तात्कालिन दुई तिहाइको कम्युनिष्ट सरकारले राज्यविहिन राष्ट्रका जनताहरूमाथिको उपनिवेश विस्तारको क्रममा नेवाः राष्ट्रको स्वशासन सत्ता गुठीलाई समाप्त गर्ने उद्देश्य सहित गुठी विधेयक २०७५ ल्याउने काम भयो । उक्त विधेयकको विरोधमा वि।सं।२०७६ असार ४ गते नेवाः राष्ट्रका जनताहरूले फिब्व ख्यःमा भेला भइ सरकारलाई विधेयक फिर्ता गर्न बाध्ये पार्ने काम भएको ऐतिहासिक दिनको स्मरण गर्दै नेवाः राष्ट्रका जनताहरूलाई विधेयक हाल पर्यन्त खारेज नभएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।
देश भरका मठमन्दिर आदिको नाममा रहेको गुठीलाई व्यवस्थित गर्नको लागि वि।स।२०४८, २०५३, २०६४ मा उच्च स्तरिय आयोग बनाउने काम हुदैं आएकोमा २०७५ मा भने नेवाः राष्ट्रको गुठी सत्तालाई समाप्त गर्ने धेयले विधेयक ल्याएकाले हामीले विरोध गरेका थियौ । गुठी सत्तामाथिको आक्रमण वि।सं। १८२५ को गोर्खाली सत्ता स्थापना पछि निरन्तर रहदै आएको छ । नेवाः राष्ट्रका पुर्खाहरूले हजारौं वर्ष लगाएर विकास गरेको गुठी सत्ता समाप्त गर्ने योजना भनेको नेवाः राष्ट्रको इतिहास, सम्पदा, परम्परा तथा संस्कृतिसंग अभिन्न रुपमा जोडिएको नेवाःहरुलाई आफ्नै भूमिबाट विस्थापन गर्ने र नेवा सत्व र स्वाभिमान समाप्त गर्ने परियोजना हो ।
यो विधेयक फिर्ता मात्र भएको छ, खारेज भएको छैन । नेवाः राष्ट्रको अस्तित्व समाप्त गर्ने गोर्खाली सत्ताको प्रपञ्च विरुद्ध एक जुट भएर, इतिहासमा गुमाएको आफ्नो पहिचान प्राप्त गर्न, नेवाः पुर्खाहरूमाथिको अन्याय र अत्याचारको सृँखला अन्त्य गर्न तथा कीर्तिराज्य लक्ष्मी लगायतका महान नेवाः सहिदहरूको सपना पुरा गर्दै नेवाः राष्ट्रको इतिहास, संस्कृति, भाषा लगायत समग्र सभ्यतामाथि कायम अतिक्रमण अन्त्य गर्न र नेवाः राष्ट्रमा जनताहरू तथा पुर्खाहरूको सत्व र स्वाभिमानलाई जगाउनु नेवाः राष्ट्रको स्वशासन कायम गर्नु अबको एक मात्र विकल्प हो र यो नै आजको नेवाःको दायित्व पनि हो ।
गुठी विधेयक फिर्ता गराउन सफल असार ४ गतेको ऐतिहासिक दिनमा हामी नेवाः राष्ट्रका जनताहरूलाई आफ्नो गुठी सत्ता मार्फत स्वशासन तथा आत्मनिर्णयलाई पूनः नियन्त्रण गर्न थप संघर्ष गर्नु पर्ने पक्षको स्मरण गराउन चाहन्छु । हाम्रा नेवाः पुर्खाहरूले सुम्पिएको यस दायित्व पुरा गर्ने महान अभियानमा सरिक हुन, नेवाः लगायत सम्पूर्ण राज्यविहिन राष्ट्रका जनताहरूलाई हार्दिक अनुरोध गर्दछु ।

भर्खरै

सम्बन्धित खबर

Language »