सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गौरीगंगा नगरपालिका वडा नम्बर १०मा राष्ट्रिय दलितमुक्ति अभियानको “दलित जागरण अभियान” सम्पन्न

काठमाडौं । दलित अधिकारको लागि संघर्षरत राष्ट्रिय दलितमुक्ति अभियानले सामाजिक रुपमा भईरहेको दलित समुदाय माथिको अत्याचार र हिंसालाई अन्त्य गर्न टोल टोलमा संगठन बिस्तार तथा संघर्ष समितिहरु गठन अभियान चलाउन थालेको छ ।
राष्ट्रिय दलितमुक्ति अभियानले गौरीगंगा नगरपालिका वडा नम्बर १० मा राष्ट्रिय दलितमुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.को प्रमुख आतिथ्यता तथा अभियानको केन्द्रिय सदस्य सुमन सिलाधर लगायतको आतिथ्यतामा सामाजिक न्याय , समानता , आत्मसम्मानका साथै पुर्ण अधिकारको ग्यारेन्टीको लागि “दलित जागरण अभियान” सम्पन्न गरेको छ ।
कार्यक्रम सुर्यमुखी महिला कृषक समुहको आयोजनामा बिर्भा सार्कीको सभापतित्व र रेखा नेपालिको सन्चालनमा भएको कार्यक्रममा दलित महिलाहरुको अवस्था र चुनौतिको बिषयमा अन्तरकृया समेत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि।सी।ले आफ्नो अधिकार प्राप्तिको लागि दलित समुदाय एकजुट हुनुको विकल्प नभएको भन्दै पार्टीको कार्यकर्ता भन्दा माथि उठेर आफ्नो समुदायको उत्थानको लागि कार्यगर्न सबैलाई आग्रंह गर्नु भयो ।
अरुको झोला बोकेर मात्र आफ्नो वर्ग र समुदायको उत्थान हुन नसक्ने भन्दै केन्द्रिय संयोजक बि।सी।ले सामाजिक रुपमा जनचेतना अभिवृद्धि गरि राज्यको हरेक क्षेत्रमा दलितलाई बिशेष अधिकार दिलाउने उदेश्य बोकेर राष्ट्रिय दलित मुक्ति अभियान गठन भएको बताउनु भयो ।
यो अभियानले राष्ट्रब्यापि रुपमा आफुुलाई परिचित गराएर वास्तबमा दलित समुदायको आफ्नो अभिवावक संस्था बन्नेमा आफु निश्चिन्त रहेको बि.सी.ले बताउनु भयो ।
विश्व सामाजिक परिवेश आधुनिक युगमा प्रवेश गरिसक्दा पनि नेपालमा भने जातिय विभेदता र छुवाछुत प्रथा कायमै रहेकोमा दलित उत्थानमा लागेका अभियन्ताहरुको चासो र चिन्ता बढेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »