काठमाडौँ । दाङको घोराहीमा महिला हत्या आरोपमा एक जना पक्राउ परेका छन्।घोराही उपमहानगरपालिका – ८ बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्या आरोपमा सोही गाउँका ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लका अनुसार पक्राउ परेका बालाराम मृतक प्यारीकी आफन्त समेत हुन्।
प्यारी गत जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमर्टम रिपोर्टले घाँटी थिचेर प्यारीको हत्या भएको देखाएपछि प्रहरीले संलग्नहरूको खोजी सुरू गरेको थियो।
स्थानीयहरूको सुराकका आधारमा प्रहरीले बालारामलाई पनि सोधपुछका लागि बोलाएको थियो।
सोधपुछकै क्रममा बालारामले प्यारीको हत्या आफूले गरेको स्वीकार गरेको डिएसपी मल्लले जानकारी दिए।
ीबहmष् दबलप
बालाराम मदिरा सेवनपछि गाउँमा झगडा गर्दै हिँड्ने स्वभावका रहेको र त्यसदिन पनि मदिरा सेवनपछि प्यारीसँग सामान्य विवाद भएको थियो।
प्रहरीसँगको वयानका क्रममा बालारामले भनेअनुसार त्यसदिन प्यारीले बालारामलाई रक्सी खाएर अरूलाई गाली नगर्नू भनी सम्झाउने र हप्काउने गरेकी थिइन्।
ल्अज
िल्अभिि
‘जाँड खाएर अरूलाई गाली गर्दै हिँड्नेरु भनेर मलाई गाली गरेकाले राती गएर मारेको हुँ,’ सोधपुछकका क्रममा बालारामले प्रहरीसँग भने।
जेठ १७ गते बालाराम रातको समयमा प्यारीको घर पुगेका थिए। त्यहाँ प्यारीलाई देखेपछि घरको एक कुनामा लगेर घाँटी थिचेर हत्या गरेकी थिए।
हत्यापश्चात उनले प्यारीलाई घिसार्दै उनी सुत्ने ओछ्यानमा पुर्याएर सुतेको जसरी राखिदिएको बताएका छन्।
घटनास्थलमा प्यारीलाई घिसारिएको स्पष्ट संकेतहरू प्रहरीले भेटिएको डिएसपी मल्लले जानकारी दिए।
डिएसपी मल्लका अनुसार हत्याको दिन प्यारी घरमा एक्लै थिइन्। उनका श्रीमानले दोस्रो विवाह गरेपछि उनीसँग बस्दैनन्। एउटा छोरा छुट्टिएर बसेका छन् भने उनीसँगै बस्ने अर्को छोरा त्यसदिन काम विशेषले जिल्लाबाहिर गएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।