सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं। मोरङ जिल्ला बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रूपन्देही जिल्ला गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ७७ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ मिमिहवा बस्ने २१ वर्षीय रबिन्द्र लोध र २३ वर्षीय लालमोहन लोध रहेका छन् ।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लु.२१ प ३२५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »