सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि रोचक बन्यो सेमिफाइनल दौड, सबैलाई रनरेटकै भर 

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा हाल सुपर एटका खेलहरू चलिरहेका छन् । समूह एक समूह दुईमा गरी चार चार टिमबीच सुपर एटमा सेमिफाइनलका लागि प्रतिस्पर्धा भइरहेको छ । सबै टिमले दुई दुई खेल खेल्दा सेमिफाइनल पुग्ने सम्भावना सबै टिमकाे जीवित छ ।

आइतबार बिहान समूह एक मा रहेको अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हात पारेपछि सेमिफाइनलको दौड रोचक बनेको छ । यो समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । जहाँ बंगलादेश लगभग सेमिफाइनल बाहिरिएको छ भने भारत लभगप सेमिफाइनल पुगिसकेको छ । तर अस्ट्रेलियाको अप्रत्यासित हारले अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । 
लगातार दुई खेल जितेको भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । यो खेलमा अस्ट्रेलिया जिते उ सेमिफाइनल पुग्ने सम्भावना बढ्ने छ । 

यस्तै अफगानिस्तानले बंगलादेशसँग खेल्न बाँकी छ । यो खेलमा फेभरेट मानिएको अफगानिस्तानले जित हात पारे उसको सेमिफाइनल सम्भावना बढ्नेछ । उता भारत पनि पराजित हुने र यता बंगलादेश पनि पराजित हुने अवस्था आए अस्ट्रेलिया र अफगानिस्तानमध्ये जसको नेटरनरेट राम्रो हुन्छ सोही टिम सेमिफाइल पुग्नेछ । यदि अस्ट्रेलियालाई भारतलाई हराउने र बंगलादेशले पनि अफगानिस्तानलाई हराउने हो भने अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ । यदि बंगलादेशले रनरेट सुधार गर्दै जित हात पार्‍यो र भारतले अस्ट्रेलियालाई हरायो भने बंगलादेश सेमिफाइनल पुग्नेछ । 

उता समूह दुई मा सेमिफाइनल दौड झन रोचक छ । शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका लगभग सेमिफाइनल पुगिसकेको छ । आयोजक वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुने खेलले सेमिफाइल पुग्ने टिमको टुंगो लगाउनेछ । वेस्ट इन्डिजको पनि अहिले दुई अंक छ भने अन्तिम खेल तुलनात्मक कमजोर टिम अमेरिकासँग खेल्न बाँकी रहेको इंग्ल्यान्डको पनि दुई अंक छ ।

यदि वेस्ट इन्डिज र इंग्ल्यान्ड आआफ्ना अन्तिम खेलमा विजयी हुने हो भने तीन टिमको समान चार अंक हुनेछ । यस्तो अवस्थामा नेट रनरेटका आधारमा दुई टिम सेमिफाइनल पुग्नेछन् । हाल वेस्ट इन्डिजको रनरेट सबैभन्दा राम्रो छ । तर, उसले अन्तिम खेल पनि जित्नुपर्छ । अनि मात्र रनरेट निर्णायक बन्नेछ । 

भर्खरै

सम्बन्धित खबर

Language »