सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आयोजकले जित्न नसकेको टी-२० क्रिकेट विश्वकपको उपाधि

काठमाडौं । ससोमबार वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएसँगै अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप क्रिकेटको उपाधि योपटक पनि आयोजक टिमले नजित्ने पक्का भएको छ । दक्षिण अफ्रिकासँग हार बेहोरेसँगै वेस्ट इन्डिज सेमिफाइल दौडबाट बाहिरिएको छ । योपटक दुवै आयोजक सुपर एटमा पुगेका थिए । तर, अमेरिका सुपर एटमा एक खेल पनि नजिती सेमिफाइल दौडबाट बाहिरिएको छ । उता भर्चुअल क्वाटर फाइनल मानिएको सोमबारको वेस्ट इन्डिज र अफ्रिकाबीचको खेलमा वेस्ट इन्डिज पराजित भयो ।

क्रिकेटको सबैभन्दा नयाँ प्रारुप टी २० को पहिलो विश्वकप प्रतियोगिता दक्षिण अफ्रिकामा भएको थियो । यो पहिलो संस्करणमा दुई एसियाली क्रिकेट महारथी भारत र पाकिस्तान फाइनलमा पुगेका थिए । भारतले उपाधि जित्यो, पाकिस्तान उपविजेतामा सीमित भयो । यही प्रतियोगिताबाट महेन्द्रसिंह धोनीको उदय भएको थियो । उनी पहिलो टी २० विश्वकप उपाधि जित्ने टिमका कप्तान थिए ।

यसपछि २००९ मा इंग्ल्यान्डमा टी २० विश्वकपको दोस्रो संस्करण आयोजना भयो । यहाँ पनि आयोजक टिम फाइनलसम्म पनि पुग्न सकेनन् । यो संस्करणमा पनि दुई एसियाली टिम पाकिस्तान र श्रीलंका फाइनलमा पुगेका थिए । श्रीलंकालाई पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो ।

२०१० मा वेस्ट इन्डिजले आयोजना गरेको तेस्रो संस्करणको विश्वकपको उपाधि अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्डले जित्यो । क्रिकेटको जननी इंग्ल्यान्डले क्रिकेटको कुनै पनि विश्वकप जितेको यो पहिलोपटक थियो । स्मरण रहोस् टी २० प्रारुपको क्रिकेट पनि इंग्ल्यान्डबाटै सुरु भएको हो ।

२०१२ मा चौथो संस्करणको विश्वकप श्रीलंकाले आयोजना गर्‍यो, उपाधि भने वेस्ट इन्डिजले जित्यो । यो प्रतियोगितामा आयोजक श्रीलंका फाइलसम्म पुगेको थियो ।

२०१४ मा बंगलादेशमाा आयोजित पाँचौ संस्करणको विश्वकपमा नेपाल पहिलोपटक सहभागी भयो । नेपालले जहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

यो संस्करणको उपाधि भिडन्त दुई एसियाली टिमबीच भएको थियो । जहाँ भारतलाई पराजित गर्दै श्रीलंकाले उपाधि जितेको थियो । क्रिकेटमा धेरैपटक फाइलमा श्रीलंका र भारत भिडेका छन् । जहाँ पहिलोपटक श्रीलंका विजयी भएको थियो । २०११ को ओडीआई विश्वकपको फाइलमा भारतसँग बेहोरेको हारको बदला श्रीलंकाले टी २० मा लगेको थियो ।

२०१६ मा भारतले आयोजना गरेको छैटौँ संस्करणको विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । टी २० मा दुईपटक विश्वकप जित्ने पहिलो टिम बनेको थियो वेस्ट इन्डिज । फाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गरी वेस्ट इन्डिजले उपाधि जितेको थियो । जहाँ फाइनल खेलको अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि १९ रन आवश्यक थियो । स्ट्राइकमा कार्लोस ब्रेथवेट थिए । बलिङ विश्वकै उत्कृष्ट अलराउन्डर मानिएका बेन स्टोक्स आए । उनलाई ब्रेथवेटले लगातार चार छक्का प्रहार गरी वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए ।

२०१६ पछि २०१८ मा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण हुन सकेन । यो प्रतियोगिता २०२१ मा ओमान र यूएईमा आयोजना गरियो । जसको उपाधि न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो ।

२०२२ मा आठौं संस्करणको विश्वकप प्रतियोगिता अस्ट्रेलियामा आयोजना भयो । फाइनलमा एसियाली टिम पाकिस्तान र इंग्ल्यान्ड पुगेका थिए । जहाँ इंग्ल्यान्डले उपाधि जित्यो । टी २० मा दुईपटक उपाधि जित्ने इंग्ल्यान्ड दोस्रो टिम हो ।

अहिले अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेका छन् । उता अर्को समूहबाट भारत पनि लगभग सेमिफाइनल पुगेको छ । तर, आज हुने भारत र अस्ट्रेलियाबीचको खेल र भोलि हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »