काठमाडौं । बाँकेमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बर्दिया राजापुर नगरपालिका-८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका-९ मा भाडामा बस्दै आएकी कोहलपुर नगरपालिका-६ घर भएकी २२ वर्षीया सुमदरानी थारूको २०८० वैशाख २९ गते हत्या गरी फरार रहेका उनलाई जानकी गाउँपालिका-१ पचपोखराबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।