सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागलुङमा पहिरोले घर पुरिंदा श्रीमान्-श्रीमती बेपत्ता

काठमाडौं । बागलुङको गलकोट नगरपालिका-८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

भर्खरै

सम्बन्धित खबर

Language »