सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वतन्त्र नागरिक जनजागरण अभियानको अगुवाईमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । स्वतन्त्र नागरिक जनजागरण अभियानको अगुवाईमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीबल ,नेपाल प्रहरी, फोहर ब्यवस्थापन कम्पनी बाट नेप्सेम्याक सेवा प्रा.लि. तथा स्वस्च्छ समाज सुधार बिकास केन्द्र लगायत बिभिन्न संघ संस्था तथा सामाजिक अभियन्ताहरुको सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो ।
ग्लोबल वार्मिङको कारण विश्वनै वातावरणीय जोखिममा परेको अवस्थामा वातावरणलाई स्वच्छ बनाई राख्नु आम मानिसको कर्तब्य भएकोले यस्ता कार्यक्रम मार्फत जनचेतना जगाउन आवश्यकता महसुस भएकोले यो कार्यक्रम आयोजना गरिएको स्वतन्त्र नागरिक जनजागरण अभियानका संयोजक मुकुन्द सिलवालले जनाएका छन् ।
कार्यक्रम सफल बनाउन सामाखुसी स्थित निरेम ट्राभल्सले आवश्यक सहयोग गरेको संयोजक सिवालले बताएका छन् ।
कार्यक्रम अन्तर्गत सामाखुसी चोकबाट रानिवारी जाने मार्गको फुटपाथमा रोप्न मिल्ने ठाउँमा बिरुवा रोपिएको थियो ।
रोपिएको बिरुवाको संरक्षण स्थानिय तथा त्यहिँका ब्यवसायीहरुले गर्न पर्ने अभियन्ताहरुले बताएका छन् ।
आफुले सबैलाई जानकारी गराएको भएपनि वडा कार्यालयले चासो नदिएकोमा भने संयोजक सिलवालले दुःख ब्यक्त गरेका छन् ।
आवश्यकता अनुसार यो अभियानलाई निरन्तरता दिने बिषयमा सम्बन्धित पक्षसंग छलफल भई रहेको संयोजक सिलवाल ले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »