काठमाडौं। काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय RAMADHANI SIMBA MWABUMBA र ५६ वर्षीय TWALIB KIPEVU PASHUA रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट RAMADHANI लाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट TWALIB लाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।