सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पामा पर्‍यो ३६५ मिलिमिटर पानी, चौबिस घन्टामा यी ४१ ठाउँमा अत्यधिक वर्षा

काठमाडौं । मनसुनी वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ।

काठमाडौं उपत्यका लगायत विभिन्न भूभागमा गएरातिदेखि नै झरी परिरहेको छ।

मौसविद सञ्जिव अधिकारीले अहिले ‘वाइडस्प्रेड’ अर्थात देशैभरी छरिएर वर्षा भइरहेको बताए।

पछिल्लो चौबिस घन्टामा ३५ भन्दा बढी स्थानमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान् महाशाखाले प्रविष्ट गरेको विवरण अनुसार शनिबार दिउँसो पछिल्लो २४ घन्टामा ९१२स्४५ अघि० सबैभन्दा बढि पानी पाल्पामा परेको छ।

पाल्पाको कुमालगाउँमा पछिल्लो चौबिस घन्टामा ३६५।६ मिलिमिटर वर्षा मापन भएको छ।

मौसविद अधिकारीका अनुसार यो अति भारी वर्षा हो तर अहिलेसम्मको रेकर्ड वर्षा होइन।

‘एकैदिन ५०० मिलिमिटर वर्षा भएको रेकर्ड पनि छ,’ उनले भने।

महाशाखाले वेभसाइटमा प्रविष्ट गरेको विवरण अनुसार पछिल्लो चौबिस घन्टामा प्यूठानको मारी नदा १४३ मिलिमिटर, बाँकेको पश्चिम राप्तिमा १७० मिलिमिटर, गुल्मीको बडिगाडमा १५१ मिलिमिटर, तनहुँको विमलनगरमा १४२ मिलिमिटर, दाङको घोराहीमा २४१ मिलिमिटर, प्यूठानको स्वर्गद्वारीमा १२८ मिलिमिटर, दाङकै शुखबारेमा १९१ मिलिमिटर, रातमाटामा २४६ मिलिमिटर, लमहीमा २५० मिलिमिटर, लालमटियामा १९४ मिलिमिटर, बगसोतीमा २४३ मिलिमिटर, प्युठानको हंसपुरमा १७६ मिलिमिटर, पाल्पाको गण्डकोटमा २८१ मिलिमिटर, बल्ड्याङगढीमा २०२ मिलिमिटर, अर्चलेमा २५४ मिलमिटर वर्षा भएको छ।

नवलपुरको देउराली नवलमा २०१ मिलिमिटर, स्याङ्जामा २५९ मिलिमिटर, मलुंगामा २५० मिलमिटर, तनहुँको सुखरमा १५१ मिलिमिटर, गोरखाको बारपाकमा १५४ मिलिमिटर, पर्साको मुडलीमा १९६ मिलिमिटर वर्षा भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »