सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेस अफ तामाङ किड्स-२०२४ को आयोजना हुने

काठमाडौं । तामाङ इतिहासमै पहिलोपटक फेस अफ तामाङ किड्स-२०२४ को आयोजना हुने भएको छ । युथ क्रिएसन नेपालको आयोजनामा प्रथम संस्करण फेस अफ तामाङ किड्स- २०२४ हुने भएको छ ।

शुक्रबार बौद्ध जोरपाटी स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमको बारे युथ क्रिएसन नेपालका अध्यक्ष रवि लामाले जानकारी दिएको हो । तामाङ इतिहासमै पहिलोपटक फेस अफ तामाङ किड्स-२०२४ ले तामाङ समुदायका बालबालिहरुका अनुहारलाई विश्व सामु पुर्याउने, तामाङ समुदायको कला संस्कृति, भाषा, भेषभुषा, रहनसहन, जातियता र साँस्कृतिक परिवेशको महत्व, गरिमा र आवश्यकतालाई बालबालिकाहरुमा जानकारी, चेतना र जागरुकता वृद्धि गर्नुका साथै बालबालिकाहरुमा निहित अन्तर्निहित प्रतिभा, आत्मविश्वासको विकास सशक्तीकरण हुने आयोजक पक्षले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

युथ क्रिएसन नेपालका अध्यक्ष रवि लामाले जानकारी दिए अनुसार अडिसनमा सहभागी हुनका लागी ६ बर्ष देखि १३ बर्ष उमेर समुहका बालबालिकाहरुले फेस अफ तामाङ किड्सको पेज अफिसियल फेसबुक पेजबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् । फारम शुल्क रु १ हजार निर्धारण गरिए पनि रकम भुक्तानी प्रक्रियाको बारेमा भने कुनै जानकारी दिएनन् ।

फेस अफ तामाङ किड्समा सहभागी बालबालिकाहरुलाई विभिन्न दक्ष तथा अनुभवी प्रशिक्षकहरुमार्फत व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचारकलाको विकासका साथै समग्र स्टेज प्रस्तुतिकरण सम्बन्धी प्रशिक्षण प्राप्त दिने आयोजकले बताए । कार्यक्रममा विजेता, उपविजेता लगायत विभिन्न विधामा सहभागिहरुलाई पुरस्कृत गरिने जानकारी दिए पनि पुरस्कार के कत्ति दिने भन्ने बिषयमा केही कुराको जानकारी दिएनन् ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, तामाङ चलचित्रका महानायक एवम् निर्देशक अमिर दोङ, नेपाल तामाङ संस्कृतिक घेदुङ्का अध्यक्ष छेवाङ तेन्जिङ लामा, म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्ब तामाङ युथ क्रिएसन नेपाल रवि लामा लगायत पत्रकार संञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेका थिए ।

फेस अफ तामाङ किड्स-२०२४ को लागी अहिले फारम खुल्ला भएको जानकारी दिए पनि अडिसनको मिति भने तय गरिएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »