सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यो वर्ष बजेट कार्यान्वयनमा कर्णाली सरकार झन् कमजोर

काठमाडौं। बजेट कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्ष (२०८०र०८१०) मा झन् कमजोर देखिएको छ । गत वर्ष ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले यो वर्ष जम्मा ६०.३४ प्रतिशत अर्थात् ३० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२।७२ रुपैयाँमात्रै कार्यान्वयन गर्न सक्यो, जुन गत वर्षको भन्दा ४ प्रतिशतले कम हो ।

सरकारले चालु आर्थिक वर्ष ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । १३ अर्ब २४ करोड ६६ लाख ८६ हजार ८३७.२५ रुपैयाँ बजेट फ्रिज भएको छ ।

चालु आर्थिक वर्ष पुँजीगततर्फ १९ अर्ब ५७ करोड ४८ लाख ९५ हजार बजेटमध्ये जम्मा ५४.६७ प्रतिशत अर्थात् १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार ३६५.७० रुपैयाँ मात्रै कार्यान्वयनमा आएको छ ।

जबकि सरकारले वर्षभरि कार्यान्वयन गरेको पुँजीगत बजेट कै हाराहारीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मात्रै बजेट राखिएको थियो । यो मन्त्रालयमा चालु वर्षमा ९ अर्ब ५७ करोडभन्दा बढी रकम थियो ।

विकास बजेट कार्यान्वयनमा चुक्दै आएको सरकारले चालुतर्फ भने सधैँ खर्च बढाइरहेको छ । चालु आर्थिक वर्ष चालुतर्फ १३ अर्ब बराबरको वार्षिक बजेट रहेकोमा ६८.३६ प्रतिशत खर्च भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »