सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठमेल पर्यटन विकास परिषद्को नेतृत्वको लागि पुन भविश्वर शर्माको उम्मेदवारी

काठमाडौं । असार ३१ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदकोलागि भविश्वर शर्माले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान अध्यक्ष रहेका शर्माले अर्को कार्यकालका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
शनिबार नयाँ बजारमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा शर्माले आफ्नो प्यानलको उम्मेदवारको बारेमा जानकारी गराए ।
उनको प्यानलबाट उपाध्यक्षमा सहदेव धमला, राजीव पाण्डे र चेतनाथ पुडासैनी, महासचिवमा बद्रीप्रसाद तिमिल्सिना, सचिवमा पुण्यराम लागेजु, कोषाध्यक्षमा प्रकाश थपलिया उम्मेदवार छन् ।
कोषाध्यक्षका उम्मेदवार प्रकाश थपलिया निर्विरोध भइसकेका छन्। सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन र रमेश विश्वकर्मा उम्मेदवार छन्।
डिजिटल ठमेल निर्माण, विशेष पर्यटकीय क्षेत्र घोषणा, शान्तिसुरक्षा, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध, स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना, स्थानीय सम्पदा संरक्षण र संवद्र्वनलगायत कार्यका लागि आफूले पुनः एकपटक नेतृत्व गर्न चाहेको शर्माले बताए ।
ठमेल पर्यटन बिकास परिषद्का अध्यक्षका उम्मेदवार भविश्वर शर्मा को हुन् ?
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को असार ३१ गते हुन लागेको निर्वाचनको अध्यक्ष पदमा भविश्वर शर्माले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।
परिषद्का वर्तमान अध्यक्ष समेत रहनुभएका शर्माले आफ्नो बाँकी काम पुरा गर्नका लागि अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएको बताउनुहुन्छ ।
टीटीडीसीको सदस्य, महासचिव, उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको कुशल नेतृत्व गरिसक्नुभएका बाग्लुङ जैमुनीका शर्माले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ काठमाडौं आगन्तुक होटल, मकालु फेसन इन्डस्ट्री, रियल थेरापी स्पा एण्ड व्यूटी प्वाईन्टका सञ्चालक हुनुहन्छ ।
वि. सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षति पुगेको ठमेलस्थित ढुँगेधारा पुनर्निर्माण समितीको संयोजक भएर लोभलाग्दो काम गर्नुभएका शर्माले कोभिड महामारीका बेला कोभिड टुरिजम डिजास्टर कोर्डिनेसन कमिटीको संयोजक भएर पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेल्नुभएको थियो । तत्कालिन समयमा उक्त कोर्डिनेसन कमिटीमा झन्डै ४५ वटा पर्यटन संस्था सम्मिलित थिए ।
कोभिड विरुद्धको खोप अभियानमा मात्र होइन, घरभाडा समायोजन, डिमान्ड शुल्क छुट, सहुलियत कर्जा, राहत माग, तार व्यवस्थापन आदिका लागि पनि शर्माको अगुवाई, सक्रियता र योगदान अतुलनीय रहेको थियो ।
विगत दुई वर्ष अध्यक्ष भएर आफ्नो नेतृत्वमा सिसिटिभी जडान, सडकवत्ती व्यवस्थापन, तार व्यवस्थापन, होर्डिङ बोर्ड तथा साइन बोर्ड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, ढल निकास व्यवस्थापन, सडक कालोपत्रे, शान्ति सुरक्षाको व्यवस्थापन, महोत्सव र उत्सव आयोजना, ठमेल सरसफाई, २४ सै घण्टा ठमेल खोल्न मुख्य भूमिका निर्वाह गर्नुभएका शर्मा ठमेल गुरुयोजनालाई सार्थकता दिन दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।
आफू निर्वाचित भएमा डिजिटल ठमेलको अवधारणा कार्यान्वयन हुनेमा पूर्ण विश्वास रहन समस्त मतदाता सदस्य ज्यूहरुलाई आग्रह गर्नुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »