सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

द च्याम्पियन्स तेक्वान्दोका खेलाडीहरुको वेल्टटेष्ट सम्पन्न

काठमाडौं । खेलकुद मार्फत देशमा दक्ष जनशक्ति तयार गर्ने उदेश्यका साथ स्थापना भएको द च्याम्पियन्स तेक्वान्दो जोरपाटी शाखाका खेलाडीहरुको (वेल्ट टेष्ट) ग्रेडिङ परिक्षा गोकर्णेश्वर–५ जोर पाटी उपकार टोलमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद समितिमा दोलखाका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक नोर्वु लामाले सहभागि खेलाडीहरुको वेल्ट टेष्ट ग्रेडिङ परिक्षा लिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपकार टोल सुधार समितिका अध्यक्ष शुबास श्रेष्ठ रहनु भएको थियो भने र प्रमुख प्रशिक्षक प्रदिप आले मगरको उपस्थितिमा वेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको थियो ।
सम्पन्न जुनियर ग्रेडिङ्गः परिक्षामा ३५ (पैतिस) जना जुनियरहरुको सहभागीता रहेको सहायक प्रशिक्षक छुल्टिम लामाले जानकारी गराउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »