सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-११ एनटिभी रोडबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »