सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »