सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी चौकी साईगाऊको सफलता, ५ लाख बढीको सामान बरामद


नेपालगन्ज, ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही एक महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी चौकी साईगाऊमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव निरीक्षक विष्णु शाहीले प्रमाणित गरिदिएका छन ।


कमाण्ड सम्हाले लगत्तै अबैध भन्सार छलिको सामान नियन्त्रण, चोरी,डकैति, लागु औषध कारोबारी बिरुद्ध उत्रिएका प्रमुख शाहीले बुधवार बिहान जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ५ लाख बढीको सामान बरामद गरेको हुन ।
भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी गैरकानुनी रुपमा नेपाल ल्याएको कपडा, सुर्तिजन्य पदार्थ,कपडा बरामद गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी भारतिय नाका हुदै जानकी गाऊपालिका १ पचपोखरा गाऊमा ल्याएको कपडा, सुर्ती र मोबिल प्रहरी चौकी साईगाउले फेला पारेको हो ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी पुर्ण रुपमा नियन्त्रण भएको एक स्थानिय समाजसेवी बताउँछन् । उनले भने ठुलो मात्रामा अवैध सामान बरामद भएको साईगाउँ चौकीको पहिलो सफलता हो । स्थानिय केही व्यक्तिले आफु अनुकुल तस्कर चलाउन र लाभ लिन नपाएपछी जिल्लामा स्थानिय प्रहरी विरुद्ध कुरा लगाउने गर्छन ।
‘पहिले पहिले यस नाकाबाट खुलेआम अवैध सामान भित्र्याउथे स्थानीय एक व्यापारिले भने, ‘प्रहरी चौकी साईगाउँमा नयां प्रहरी प्रमुख आएसँगै तस्करीहरु छटपटाएका छन । उनले भने लुकीछिपी कहिकतैबाट तस्करी गर्ने फरक कुरा हो तर खुलेआम तस्कर भने बन्द भएको छ ।
‘पहिले पहिले तस्करी नियन्त्रणका लागि खटिएका प्रहरी कर्मचारीहरुको मिलेमतोमा नै तस्करी हुन्थ्यो होला तर अहिले बाँकेमा नयां प्रहरी प्रमुख आएपछी तस्करी रोकिएको छ । र यो रोकिन जरुरी पनी छ राम्रो कार्यमा साईगाउ प्रहरीले मात्र हैन सबै प्रहरीले साथ दिए मात्र तस्करी सदाकोलागी अन्त्य हुने एक स्थानिय जनप्रतिनिधिले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »