सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तारकेश्वर नगरपालिकामा Action for justice(A4J) परियोजनाको औपचारिक सुरुवात

काठमाडौं । नेपाल अगाङ्ग महिला संघ को आयोजना र CBM Global Nepal को साझेदारीमा हुने अपाङ्गता भएका महिला तथा बालिका बिरुद्दका यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि Action for justice(A4J) परियोजनाको तारकेश्वर नगरपालिकामा औपचारिक सुरुवात भएको छ ।

आगामी ४ बर्ष सम्म काम गर्न CBM Global Nepal को साझेदारीमा संचालन हुने परियोजना कार्यान्वयनको लागि Action for justice(A4J) “परियोजनाको परिचयात्मक कार्यक्रम” Kick-Off Meeting सम्पन्न भएको छ । परियोजनाको लागत करिब ४६,४४,७५० रहेको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख (मेयर) कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता तथा उप प्रमुख श्रृजना बुर्लाकोटी अर्यालको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको शभापतित्व संघकी अध्यक्ष टिका दाहालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संघकी महासचिव देव कुमारी पराजुलीले गर्नु भएको थियो ।

कार्यक्रममा पालिकाका मेयर,उपमेयर, वडा अध्यक्षहरु, पालिकाका प्रमुख प्रशासकिय अधिकृत,महिला बालबालिका शाखा प्रमुख लगायत कर्मचारीहरु र  मिडियाकर्मीहरुको सकृय सहभागीता रहेको थियो ।

कार्यक्रम केहि दिन मात्र अगाडि उदघाटन भएको पालिकाको पहुँचयुक्त सुन्दर भवन मा सम्पन्न भएको हो ।

कार्यक्रमकी शभापति तथा संस्थाकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाहरु बाट २०५४ सालमा स्थापना भएको यो संस्थाले बिभिन्न आरोह अबरोहहरु पार गर्दै अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार स्थापित गर्नको लागि अभियान तथा कार्यक्रमहरु संचनलन गर्ने क्रममा तारकेश्वर नगरपालिकामा निकै सहज र सरल भएको भन्दै सहयोगि मन हरु प्रति हार्दिक कृतज्ञता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै उपमेयर बुर्लाकोटीले अपाङ्गता भएका ब्यक्तिहरुको लागि एउटा छुट्टै स्थानिय कानुननै लागुगर्ने लागुगर्ने सायद नेपालकै पहिलो नगरपालिका तारकेश्वर भएको भन्दै अझ केही सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो भने यस्ता सामाजिक कार्यक्रमहरुमा आफ्नो पुर्ण समर्थन र सकृय सहभागिता रहने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो । 

प्रमुख अतिथि मेयर महर्जनले सामाजिक सुधारका कार्यक्रमहरु आफ्ना प्राथमिकतामा पर्ने जनाउँदै लक्षितवर्गलाई अपेक्षित उपलब्धि हासिल हुने गरि परियोजना संचालन गर्नुपर्नेमा जोड दिनु भयो । लक्षित वर्गलाई कसरि माथि उठाउन सकिन्छ भन्ने बिषयमा परियोजना केन्द्रित भएमा नगरपालिकाको तर्फबाट नितिगत रुपमा मात्र नभएर नैतिक र भौतिकरुपमा समेत आफु सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो ।

अहिले पनि तारकेश्वर नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई होम डेलिभरी सेवा प्रदान गरिरहेको छ ।

छलफलमा संलग्न अधिकांश सहभागिहरुले लक्षितवर्गलाई उत्पादनमा जोडेर आयआर्जन गर्न सक्ने तथा स्वाबलम्वन बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

संघकी उपाध्यक्ष मिना पौडेलले अपाङ्गता भएका महिलाहरुले भोग्नु परेको पिडाको बारेमा बताउँदै यस्ता परियोजनाहरुबाट अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »