सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । समाजसेवी, व्यवसायी एवम् युवा नेता थुप्चेन ग्याल्पो लामाले अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । आफनो जन्मदिन मनाउने क्रममा उनले उक्त सहयोग गरेका हुन ।

बुधवार गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा अवस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र शंकरापुर नगरपालिका स्थित सलम्बुटारमा अवस्थित द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालमा आश्रित बालबालिकाहरुलाई आलु, प्याज, चिउरा, बिस्कुट, भुजिया, चाउचाउ, दालमोढ लगायतका तरकारीजन्य एवम् तयारी खाद्यान्न हस्ताण्तरण गरेका हुन ।

त्यसो त लामाको जन्मदिन मनाउन आमन्त्रित बरिष्ठ समाजसेवी एवम् पर्यटन व्यवसायी मिङ्मा दोर्जे शेर्पा र महिला व्यवसायी, गितकार एवम् समाजसेवी सत्यकला लामाले समेत उक्त सहयोग हस्ताण्तरण कार्यक्रम माझ आफनोतर्फबाट खाद्यान्न सहयोग उपलब्ध गराउनुभएको थियो ।

कवि एवम् बरिष्ठ पत्रकार सरोज ओझासहित थुप्चेन ग्याल्पोका परिवारिक सदस्यहरु समेतको उपस्थिती एवम् सहयोग तथा समन्वयमा उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा खाद्यान्न मध्ये केही सामाग्री बालबालिकालाई प्रत्यक्ष वितरण गरिएको थियो भने संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका संस्थापक एवम् अध्यक्ष तिल बहादुर कार्की र द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालका संस्थापक एवम् अध्यक्ष युवराज थापालाई हस्ताण्तरण गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »