सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा प्रहरीले १ लाख बढीको भन्सार छलीको सामान बरामद


नेपालगंज, बाँके प्रहरीले १ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ पाचपोखरा स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कुर्ता सुरुवाल, सुर्ति, दुधको पाउडर, मोविल अन्दाजी मुल्य रु.१,१७,९७४।– (एक लाख सत्र हजार नौ सय चौहत्तर) बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो।


उक्त बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »