सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं। खजुरा गाउँपालिका-३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »