सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेलले चेपिएर धनुषामा एक युवक गम्भीर घाइते

काठमाडौं। जनकपुरमा गुडिरहेको रेलले चेपिएर एक युवक गम्भीर घाइते भएका छन्।

शनिबार बिहान अन्दाजी १०:५० बजे जयनगरबाट जनकपुर आउँदै गरेको रेलले जनकनन्दनी गाउँपालिका-३ महुवामा ३० वर्षीय श्रीराम दासलाई चेपेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार गुडिरहेको रेल चढ्ने क्रममा श्रीराम लिकमा खसेका थिए।

उनको दुवै खुट्टाको घुँडामुनिको भाग काटिएको र स्थिति गम्भीर रहेको डिएसपी अवाले जानकारी दिए।

उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अवाले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »