नेपालगन्ज , राष्ट्रिय युवा सघं नेपाल बाँकेले एक युवा पाँच बुरुवा एक महीने वृक्षारोपणअभियान आठवटै पालिकामा गरेको छ ।
सङ्घ जिल्ला कमिटीको सहकार्यमा यी पालिकामा बृहत बृक्षारोपण गरिएको सङ्का जिल्ला अध्यक्ष ज्ञानु वलि बताउँछन् । उनका अनुसार महाअभियान अन्तर्गत अन्तिम दिन डुडुवा, नरैनापुर र राप्तीसोनारिमा बृक्षारोपण गरि अभियान सकिएको छ ।
यसअङि खजुरा, बैजानाथ, कोहलपुर र नेपालगन्जमा सङ्घले बृक्षारोपण गरिसकेको सङ्का सचिव सुनिल रसाइली बताउँछन् ।
राप्तीसोनारिमा भएको समापन कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले युवा सङ्घले गरेको यो काम हरियालि नेपाल निर्माण अभियानको रुप भएको बताएका छन ।
समापनमा एमाले पार्टी उप(सचीव थापा ,संघका केन्द्रीय सदस्य,प्रदेश सदस्य सहित जिल्ला युवा नेताहरुको उपस्थिति रहेको थियो ।