सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यी हुन् १५ हजार रूपैयाँसम्ममा पाइने पाँच स्मार्टफोन

काठमाडौं । बजारमा विभिन्न ब्रान्डको स्मार्टफोन उपलब्ध छ। कम्पनीले भिन्न-भिन्न मूल्य रेन्जमा स्मार्टफोन सार्वजनिक र बिक्री गरिरहेको हुन्छ।

ग्राहकहरूले आफ्नो आवश्यकता र बजेट अनुसारको नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्। अहिलेको समयमा स्मार्टफोन अत्यावश्यक नै भइसकेको छ।

धेरैलाई महँगो मूल्यमा किनेका मोबाइल फोन मात्रै राम्रो हुन्छ भन्ने भ्रम हुन सक्‍छ। तर त्यस्तो होइन। कम मूल्यमा उपलब्ध मोबाइल पनि राम्रो र टिकाउ हुन सक्छ। स्मार्टफोन किन्दा त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा गुणस्तर, ब्याट्री क्षमता लगायतका विशेषता कस्तो छ भन्ने बुझ्नुपर्छ।

आज हामीले विशेषगरी दैनिक प्रयोजनका लागि उपयुक्त जम्मा १५ हजार रूपैयाँसम्ममा पाइने पाँच स्मार्टफोनको सूची तयार पारेका छौं।

यो सूची विभिन्न वेबसाइट र नेपाली व्यवसायीहरूको सुझावमा तयार पारिएको हो।

यो सूचीको पहिलो नम्बरमा छ- रेड्मी १२ सी। ४ जिबी र्‍याम र ६४ जिबी आन्तरिक स्टोरेज क्षमता भएको यो मोबाइलफोनमा सुरुआती मूल्य जम्मा १३ हजार सात सय रूपैयाँ छ। ६ जिबी र्‍याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने १५ हजार ६ सय रूपैयाँ तोकिएको छ।  

रेड्मी १२ सीमा ५० मेगापिक्सेलको क्यामेरा दिइएको छ। यसकारण यो फोन मोबाइल फोटोग्राफीको लागि पनि उपयुक्त मानिन्छ। नेपाली बजारमा यो फोन कालो, हरियो र बैंजनी रंग विकल्पमा किन्न सकिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »