सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, अध्यक्षकै नेतृत्वमा बन्यो कार्यदल

नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन सकिएको एक महिनासम्म पनि केन्द्रीय सदस्य टुंग्याउन सकेको छैन। महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले थप सदस्य टुंग्याउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सदस्य रहेको कार्यदल बनाएको छ।

केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयका बारेमा गृहकार्यका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको एक सदस्यले बताए।

केन्द्रीय कमिटीको अर्को बैठक साउन १८ गते बस्नेछ। सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाइने ती सदस्यले बताए।

यसअघि सचिवालय बैठकले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरेको थियो। अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »