सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले ६ भदौमा फैसला सुनाउने

काठमाडौं । सीधाकुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले ६ भदौमा फैसला सुनाउने भएको छ ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले ६ भदौमा फैसला सुनाउने आदेश गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

यो मुद्दामा सर्वोच्चले दुबै पक्षका कानुन व्यवसायीसँग १५ दिनभित्र बहस नोट मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाएको स्टिङ अपरेसनसम्बन्धी मुद्दा फैसलाअघि सर्वोच्च अदालतका न्यायाधीश र केही सञ्चारमाध्यम सञ्चालकहरुबीच छलफल भएको समाचार सीधा कुरा डटकमले प्रकाशित गरेको थियो ।

उक्त समाचार झुटो रहेको भन्दै सर्वोच्च अदालतका उपसचिव गोविन्द घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा उक्त सञ्चार माध्यमविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »