सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भन्सार छलेर नेपालगञ्ज भित्रिएको चिनी र खानेतेल बोकेको बोलेरोसहितको सामान बाँके प्रहरीले बरामद


नेपालगञ्ज , भन्सार छलेर नेपालगञ्ज भित्रिएको चिनी र खानेतेल बोकेको बोलेरोसहितको सामान बाँके प्रहरीले बरामद गरी भन्सार कार्यलयमा बुझाएको छ ।


भन्सार छलेर नेपालगञ्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेलसहित बोलेरो बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालय, नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार चिनि १ हजार छ सयकिलो प्रति किलो. ६० को दरले मुल्य रु.९६ हजार, भारतीय स्वाड ब्राण्डको खाने तेल ८४ पेटी प्रति पेटी १ हजार ४ सयको दरले मुल्य रु. १ लाख ७ हजार ६ सय र लु १ च ६९७० नम्बरको अन्दाजी मुल्य ७ लाख पर्ने बोलेरो गाडी गरी अन्दाजी मुल्य जम्मा ९ लाख १३ हजार ६ सय बराबरको सामान भन्सारमा बुझाइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »