सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्को क्लबको ३५औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न


नेपालगञ्ज , सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस मनाएको छ ।


क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारण भाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गरेका थिए ।
सो अवसरमा बोल्दै उनले क्लबले आफ्नो ३५ वर्षको यात्रा विभिन्न आरोह अवरोहका साथ पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
उनले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको आफुले पाएको बताए ।


कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, राधाकृष्ण जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष गोबर्धन सिंह सम्झनालगायतले ३५ वर्षको अवधीमा बाँके युनेस्को क्लबले बाँके, बर्दिया, कैलाली र सुर्खेत लगायतका जिल्लाहरुमा गरेको कामहरुको प्रशंसा गरेका थिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष गोबर्धन सिंह सम्झना, शिक्षाविद तथा साहित्यकार किरण आचार्य, वरिष्ठ फिजिसियन डा. प्रकाश नाग, राधाकृष्ण जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, एनजिओ महासङ्घका पूर्व अध्यक्ष कृष्ण जङ्ग शाह र बिराज सिंहलाई समाजमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्रसहित सम्मान गरिएको थियो ।


सोही प्रकारले, उक्त अवसरमा नगद रकमसहित क्लबका कर्मचारीहरु महेश नेपाली, राधेकृष्ण थारू, प्रजुना श्रेष्ठ र सञ्जय चौधरीलाइ बेस्ट स्टाफ अफ द इयर अवार्ड २०२४ बाट सम्मानित गरिएको थियो भने बसन्त बीसी र जनक चौधरीलाई उत्कृष्ट कर्मचारीको पुरस्कार वितरण गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »