सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भाषा सिक्नेहरुको रोजाईमा पर्दै निष्ट मल्टिपल ईन्स्टिच्युट

काठमाडौं । अध्ययन तथा रोजगारको शिलसिलामा बिदेश जानकोलागि त्यस देशको भाषा,धर्म,संस्कृति र कानुनको बारेमा जानकार भएर जान सके फलदायीहुने देखिएपछि बैदेशिक यात्रालाई लक्षित गर्दै नेपालमा बिभिन्न देशका भाषाहरु पढाउने ईन्स्टिच्युटहरु खोलिएका छन् ।
लामोसमय बिदेश बसेर आएका एक समुहले चाबहिलको केएल टावर संगै खोलेको निष्ट मल्टिपल ईन्स्टिच्युट भाषा सिक्नेहरुको रोजाईमा पर्न थालेको छ । बिशेषगरि जापनिज र कोरीयन भाषा पढाई भईरहेको यस निष्ट मल्टिपल ईन्स्टिच्युटमा जर्मन ,अग्रेजी र हेब्रु भाषा समेत पढाउने ब्यवस्था मिलाएपछि बिद्यार्थिहरुको आकर्षण बढ्न थालेको हो ।
यस निष्ट मल्टिपल ईन्स्टिच्युट कोरीया १० बर्ष बसेर फर्कनु भएका रिपु मर्दन थापा , ईजराईल १६ बर्ष बसेर फर्कनु भएका आङ छिरिङ शेर्पा तथा ब्यवसायीक रुपमा उच्च क्षमता भएका फिरोज श्रेष्ठको संयुक्त लगानीमा सन्चालन भएकोले यहाँ अनुकुल वातावरणमा पढाईहुने गरेको संचालकहरुले बताउनु भएको छ ।
सम्बन्धित देशमा बसेर बिभिन्न आरोह अवरोह पार गर्दै नेपाल फर्कनु भएका अनुभवि प्रशिक्षक बाट घोकाई पद्धति भन्दा फरक पद्धति बाट त्यस देशको धर्म,संस्कृति र ब्यवहारिक ज्ञानको बारेमा पढाईहुने भएकोले भाषा सिक्नेहरुको रोजाईमा यो ईन्स्टिच्युट पर्न थालेको यसै ईन्स्टिच्युटमा अध्ययनरत एक विद्यार्थिले बताउनु भयो ।
बिदेशमा कामगर्न या पढ्न जानेहरुले भाषमा कमजोर भएकै कारण धेरै दुख पाएका मात्र छैनन्,त्यो देशको कानुनको बारेमा थाहा नपाउँदा बिभिन्न झमेलाहरुमा बर्षौ देखि जेलनेल समेत सहनु परेको हुँदा कुनै पनि बहानामा बिदेश जानेहोभने भाषा सिक्नु पहिलो शर्त हुने प्रशिक्षकहरु बताउनु हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »