सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्तीसोनारी वडानं. १ मा खरको छानामुक्त अभियान जारी


नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउपालिका वडानं. १ ले वडालाई खरको छाना मुक्त गर्ने अभियान अन्तरगत यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको छ ।


वडा अध्यक्ष यामबहादुर खड्काले दिएको जानकारी अनुसार वडा पालिकाले आफ्नो वडाभित्र रहेका विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आगलागी जस्तो दैविप्रकोपबाट जोगाउन खरको छाना मुक्त अभियान सञ्चालन गरेको हो ।
वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्षका साथ योजना सञचालन गरेको हो । हालसम्म १ सय ११ घरलाई खरको छानामुक्त गरी सकेको र चालु आर्थिक वर्षमा ५३ घरधुरीलाई खरका छाना मुक्त गर्ने योजना रहेको वडा अध्यक्ष खड्का बताउछन् ।
वडा अध्यक्ष खड्काले आफु निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सिमान्तकृत समुदायको घरको छानालाई खर मुक्त गरी जस्ता पाता लगाउन सुरु गरेको बताए ।


उनले आर्थिक वर्ष ०७९–०८० मा २० लाख विनियाजित गरी ६५ घर धुरीलाई खरको छानो मुक्त गरेको, आर्थिक वर्ष ०८०–०८१ मा १५ लाख विनियोजित गरी ४६ घरधुरी र चालु आर्थिक वर्षमा १५ लाख विनियोजित गरी ५३ घर धुरीलाई खरको छाना मुक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।
वडा अध्यक्ष खड्काले खरको छाना विस्थापित कार्यक्रम लागु भएपछि वडामा आगलागीका घटनामा न्यूनिकरण भएको बताउदै कार्यक्रम परेका लाभग्राहीले १० फुट लम्बाई र ३२ गेज मोटाई भएको २२ वटा जस्तापाता पाउने जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »