सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माइक्रोबसमा रूख ढल्दा घाइते वृद्धलाई थप उपचारका लागि काठमाडौं पठाइयो

काठमाडौं। धादिङको गजुरीमा माइक्रो बसमाथि पहिरोसँगै आएको रूख ढल्दा घाइते भएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूवीभ्याली गाउँपालिका-१ का ७२ वर्षीय निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।

उनको छातीमा चोट छ।

घाइते भएका १० जनामध्ये पाँच जना सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको डिएसपी मिश्रले जानकारी दिए। पाँच जनाको स्थानीय अस्पतालमा उपचार जारी छ।

सोमबार बिहान धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा गजुरी गाउँपालिका-५ पोखरेखोलामा सडकमाथिबाट पहिरोसँगै खसेको रूख ढलेको थियो।

माइक्रोबसमा १५ जना सवार रहेको र तीमध्ये १० जना घाइते भएका थिए।

ढलेको रूख पन्छाएपछि पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा आएको डिएसपी मिश्रले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »