सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निमिता रेग्मीको भियतनाम यात्रा“ मिस किस्मो २०२४ ”

काठमाडौं । मिस कस्मो २०२४ मा भाग लिन नेपालकी चेली निमिता रेग्मी भियतनाम जाने भएकी छिन् । अछाम जिल्ला स्थायी ठेगाना भै हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपनकी निमिता रेग्मी नेपालका विभिन्न प्रतियोगिता जित्दै भियतनाममा हुन गईरहेको मिस कस्मो २०२४ मा भाग लिन जाने भएकी हुन् ।

उनी यहि सेप्टेम्बर १७ देखि भियतनाममा सुरु हुने मिस कस्मो २०२४ मा भाग लिन त्यस तर्फ जाने भएकी हुन् ।

काठमाडौंमा आयोजित एक बधाई तथा शुभकामना कार्यक्रममा उनलाई सफलताको शुभकामना दिईएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता एन पी साउदले आत्मा बिस्वास बलियो बनाएर देशको इज्वत राख्ने गरी सहभागि हुन भनेका थिए ।

कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता रेग्मी समाजसेवी स्व नगेन्द्र रेग्मी डा.आरती कार्की(रेग्मी) कि जेठी छोरी हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »