सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्रदेशकी सांसद माया पुनले गरिन् १० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण


नेपालगन्ज , लुम्बिनी प्रदेशकी सांसद माया पुनले जिल्ला खेलकुद विकास समिति बाँकेलाई १० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग गरेकी छन् ।

लुम्बिनी प्रदेश संसदिय विकास कोषबाट विनियोजन भई खेलकुद सामाग्री खरिद गर्न उनले उक्त रकम सहयोग गरेकी हुन् । खरिद गरिएको सामाग्रीलाई प्रदेश सभा सदस्य पुनले औपचारिक रुपमा हस्तान्तरण गरेकी छन् ।

सामाग्री हस्तान्तरण गर्दै राष्ट्रको गहनाका रुपमा रहेका खेलाडीलाई खेलकुद सामाग्री आवश्यक रहेको बताइन् । खेलकुदले नै नेपाललाई विश्व सामु चिनाउने काम गरेको भन्दै खेलाडीको योगदानको प्रसंशा गरिन् । जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले खेल र खेलाडीप्रति प्रदेश सांसद पुनले देखाएको मायाप्रति आफुहरु निकै आभारी रहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »