सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेस्तोल सहित एक जना पक्राउ

काठमाडौं । झापा दमक नगरपालिका-५ बानेश्वर हाईटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थान सहित सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले 

को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »