सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्याको विरोधमा नेपालमा प्रदर्शन

काठमाडौँ । भारतको पश्चिम बंगालको कोलकातामा एक प्रशिक्षार्ठ्ठी महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । 

कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । 

अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएका छन् । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »