सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा समाजसेवी अविनाश तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित

बैंकक – युवा समाजसेवी तथा बागमती प्रदेश युवा परिषद रसुवाका अध्यक्ष अविनाश तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत राष्ट्रिय युवा समाजसेवी सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला तामाङ विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध प्रखर वक्ता, समाजसेवी, समेत हुन् ।

लामो समय महिला बाल बालिका शिक्षा ,युवा ,पर्यटन ,खेलकुद लगायतका क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका तामाङ विभिन्न संघसंस्थामा आवद्ध छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »