सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोलवालिङ खोलाले पक्की घरहरूसहित बगाएकी जाङ्मु शेर्पाबारे बेखबर काठमाडौं

काठमाडौं। साउन ३२ गते सोलुखुम्बुको थामे गाउँमाथि हिमताल विस्फोट भएर आएको भेलबाढीले गरेको विनाशको खबर क्षणभरमै संसारभरमै फैलियो।

तर त्यो भेलबाढीभन्दा ४२ दिनअघि थामेबाट पश्चिमतिर पर्ने रोलवालिङ क्षेत्रमा गएको अर्को विनाशकारी भेलबाढीबारे अधिकांश नेपाली नै बेखबर छन्।

थामेमा भेलबाढी आउनेबित्तिकै सामाजिक सञ्जालमार्फत त्यसको प्रत्यक्ष प्रसारण सुरू भयो। क्षणभरमै त्यो समाचार नेपालभर मात्र होइन, विश्वभर फैलियो। थामे नदीमा भीषण भेलबाढी झरिरहेको दृश्य आफैमा नाटकीय थियो नै; त्यसमाथि त्यो घटना विश्वविख्यात सगरमाथा आरोहीहरूको गाउँमा भइरहेको थियो।

थामे भेलबाढीको मूल कारण पत्ता लगाउने काम भोलिपल्ट आकास खुल्नेबित्तिकै भइहाल्यो। गाउँपालिकाका अधिकारी र संघीय राजधानी काठमाडौंका उच्च अधिकारीहरू बोकेका दुई हेलिकप्टर थामे खोलाको किनारै किनार पश्चिमतिर टाशीलाप्चा भन्ज्याङ नजिकै पुगे। फर्किनेबित्तिकै त्यहाँ भर्खरै फुटेका दुई हिमतालका तस्बिर तथा भिडिओ छ्याप्छ्याप्ती बनाइदिए।

त्यसपछि थामे पुनर्निर्माणका लागि विश्वव्यापी चन्दा संकलन अभियानहरू सुरू भएका छन्।

अब थामेदेखि पश्चिममा पर्ने ५७०० मिटर उचाइको टाशीलाप्चा भन्ज्याङवारिको चर्चा गरौं।

घटना थामेदेखि मात्र ३० किलोमिटर जति पश्चिममा पर्ने रोलवालिङ उपत्यकाको हो। त्यहाँ पुग्न थामेदेखि कठिन उच्च हिमाली भेगको पदयात्रा गरेर जाने हो भने तीन दिन लाग्छ। घटना थामे भेलबाढी आउनुभन्दा ४२ दिनअघि, गत असार २१ को हो। त्यो दिन च्छो रोल्पादेखि पश्चिमतिर गौरीशंकर हिमालनजिकै त्यस्तै प्रकृतिको हलचल भएको थियो।

रोलवालिङबासीको भनाइमा त्यस दिन च्छो रोल्पादेखि पश्चिमतिर पर्ने यालुङ-री नामक चुचुरादेखि पश्चिमतिर दोर्जे फाङ्मो र छ्याङ्मादेखि तल दुई साना हिमताल विस्फोट भएका थिए। जसका कारण च्छो रोल्पा हिमताल क्षेत्र जाने गोरेटोमा पर्ने कम्तीमा तीनवटा पुलसँगै बाटो र रोलवालिङ खोला किनारमै बसेको डोङयाङ भनिने सानो बस्ती नै निमिट्यान्न भएर बगरमा परिणत भयो।

तर मोबाइल र इन्टरनेट जताततै नचल्ने रोलवालिङमा अचानक आएको भीषण भेलबाढीका दृश्य न प्रत्यक्ष प्रसारण भए, न त्यहाँका भिडिओ पारि थामेको जसरी दसौं हजार जनाले सेयर गर्न पाए। 

भर्खरै

सम्बन्धित खबर

Language »